सकुशल स्वास्थ्य समाचार…..
काठमाडौँ, २०८० जेष्ठ २७ । काठमाडौं– लुम्बिनी प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
निति तथा कार्यक्रममा प्रदेश राजाधानीमा प्रस्तावित भालुवाङ अस्पताल निर्माण गर्ने, प्रदेशिक आयुर्वेद चिकित्सालय विजौरीलाई ५० शय्याका अस्पतालमा पूर्वाधार तथा विशेषज्ञ सेवा विस्तार गर्ने, दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती महिलालाई निःशुल्क हवाई उद्दार गर्ने, सरकारी तथा सामुदायिक स्वास्थ्य संस्था मार्फत निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराइने, दुर्गम स्थानमा विशेषज्ञ एवं शल्यक्रिया सेवासहित स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रदेश प्रमुख शेरचनले निति तथा कार्यक्रममार्फत बताए ।
त्यस्तै सशस्त्र द्वन्द्वका घाइतेलाई निशुल्क उपचार र सहिद एवम् बेपत्ता पारिएका व्यक्तिका परिवारको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने बताइएको छ। राप्ती प्रादेशिक अस्पतालाई २०० शय्यामा विस्तार गर्ने उल्लेख छ ।