Sakushal

6th February 2025

सकुशल स्वास्थ्य समाचार 
काठमाडौँ, २०८० असार २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पहिलो पटक एक जनामा मंकीपक्स भाइरसको संक्रमण देखिएको आधिकारिक जानकारी शुक्रबार मन्त्रालयका सहप्रवक्त डा समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै मंकीपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको जानकारी दिएका हुन्।

विज्ञप्ति अनुसार एक जना ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण देखिएको हो। ’एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौँको अस्पतालमा परीक्षण भइरहेको थियो। ती महिलाको शरीरबाट नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा आज एमपक्स सङ्क्रमण पुष्टि भएको हो,’ विज्ञप्तिमा भनिएको छ।

मंकीपक्सको बारेमा थप खोज अनुसन्धान तथा उपचार जारी रहेको जनाइएको छ। मंकीपक्स विश्वभरी हाल १११ देशमा फैलिसकेको छ।

यो मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो। यो एमपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्ने गर्दछ। सन् १९८० मा विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिमा अफ्रिकामा निरन्तर देखापरिहेको छ। मन्त्रालयले मंकीपक्सको संका लागेमा १११५ वा ११३३ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *