सकुशल स्वास्थ्य समाचार
२०८० साउन ११ गते, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले गत २३ असारमा लिएको ३३ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा प्रश्नपत्र ‘आउट’ गर्ने तीन जना परीक्षार्थी पक्राउ परेको छ ।
परीक्षामा कुल ६ हजार १० जना परीक्षार्थी थिए । परीक्षा दिएर झण्डै सकिने बेलामा प्रश्न पत्र आउट भएको हल्ला चल्यो । बेलुका नतिजा प्रकाशित गर्ने बेलामा परिषद्ले विशेष कारणवस नतिजा स्थगित गरिएको सूचना जारी ग¥यो ।
प्रश्नपत्र आउट गरेको अभियोगमा प्रहरीले सोही दिन तीन जना परीक्षार्थीलाई नियन्त्रणमा लिएको थियो । कास्की लेखनाथकी २० वर्षीया समीक्षा थापा, धादिङ त्रिपुरासुन्दरीकी २३ वर्षीया सविना आले र कास्की लेखनाथकै २० वर्षीया भावना गुरुङलाई सिद्धार्थ बनस्थली केन्द्रबाट पक्राउ गरिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले यसको अनुसन्धान जारी राखेको छ ।
घटना २३ असारको भए पनि सो केशलाई सीआईबीले हेर्ने भएपछि परिषद्ले त्यहाँ पुगेर २४ असारमा केश दर्ता गरेको थियो । सीआईबीले यस्ता केशमा कम्तिमा २६ दिन लाग्ने त्यसबेला नै बताएको थियो । त्यसैले परिषद्का अधिकारीहरुले कहिले २६ दिन पुग्छ भनेर पर्खिरहेका छन् ।
सीआईवीको प्रतिवेदन आएपछि आवश्यक निर्णय लिने बताएका छन् । ‘सीआईबीको प्रतिवेदनले के भन्छ, त्यसलाई हेरेर बोर्डले निर्णय गर्छ । नाम दर्ता परीक्षा पुन दिन पर्ने वा नपर्ने भन्ने विषय त्यसै दिन टुंगो लाग्छ,’ काउन्सिल रजिष्ट्रार शुक्ला खनालले भनिन् ।