Sakushal

11th October 2024

सकुशल स्वास्थ्य समाचार :
२०८० मंसिर २५ गते, काठमाडौं । राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनले २१ बुँदे माग पुरा गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई ध्यानाकर्षणा गराएको छ ।

संगठनले स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको परिचालन संघबाट गनुपर्ने माग राख्दै ३ महिने हस्ताक्षर अभियान वारे जानकारी गराउदैं स्वास्थ्य क्षेत्र संवेदनशील र विशिष्टीकृत सेवा भएको हुँदा स्थानीय तह र प्रदेशबाट कर्मचारी परिचालन गरिँदा गुणस्तरीय र प्रभावकारी नहुने भन्दैं कर्मचारी परिचालन संघबाट गर्नुपर्ने संगठनले माग गरेको छ।

संगठनले २१ बुँदे माग अघि सादैं तत्काल अन्तर प्रदेश र प्रदेश सरुवा गर्नुपर्ने, स्वास्थ्यकर्मीहरुको लागि निशुल्क स्वास्थ्य सेवा राज्यले व्यवस्था गनुपर्ने, स्वास्थ्य सेवा ऐन तत्काल ल्याउनु पर्ने, संघ, प्रदेश, स्थानियमा चक्रिय प्रणाली अनुसार सरुवा गनुपर्ने,.स्वास्थ्यकर्मी जोखिम भत्तामा समानता र विशेष प्याकेज ल्याउनु पर्ने,स्त्तरवृद्धी तथा बढुवा प्रक्रियालाई सरल र सहज प्रकृयामा कार्यान्वयनमा ल्याउनुपर्ने, इ२ः सर्वे तत्काल गरी आवश्यक दक्ष जनशक्ती, स्वास्थ्य संस्थाको आधुनिक भौतिक पूर्वाधार गनुपर्ने मागहरु संगठनले प्राथमिकताका साथ उठाएको संगठनका केन्द्रीय अध्यक्ष लिलाराम थापाले बताए ।

निश्चित मापदण्ड र मर्यादा निर्धारण गरी जनरल नर्सिङ सेवा र पव्लिक समूह एउटै बनाउनुपर्ने र आन्तरिक लोकसेवा खुल्ला गनुपर्ने, शैक्षिक योग्यताको आधारमा पदनाम तथा पदस्थापना गर्नुपर्ने प्रमुखताका मागहरु उठाएको अध्यक्ष थापाले बताएको छ ।
संगठनले उठाएका मागहरुलाई गम्भिरताका लिएको र यसको सामाधानका लागि प्रयास गर्ने प्रतिवद्धता स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले दिनुभएको जानकारी अध्यक्ष थापाले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *