Sakushal

6th February 2025

सकुशल स्वास्थ्य समाचार  

२०८० पुस २ गते, काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि अनसन सुरु गरेका डा गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन्।
धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन्।

धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका डा केसी अनसन स्थगित गरेर डाक्टर केसी सेति प्रादेशिक अस्पतालमा भर्ना भएका छन्।डा केसीले विभिन्न माग राखेर ७२ घण्टा अनसन बस्ने घोषणा गरेका थिए। ७२ घण्टा पूरा भएपछि उनले अनसन तोडेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *