Sakushal

21st June 2024

सकुशल स्वास्थ्य समाचार 
२०८० पुस ४ गते, काठमाडौं । भारतमा कोभिड–१९ संक्रमणबाट ५ जनाको मृत्यु भएको भारतीय मिडियाले जानकारी दिएका छन् । इन्डिया टुडेका अनुुसार केरला राज्यमा ४ र उत्तर प्रदेशमा एक १ जनाको मृत्यु भएको हो । आइतबार कोभिड–१९ भाइरस संक्रमणका ३३५ नयाँ केस फेला परेका थिए । अहिले भारतमा सक्रिय संक्रमितको संख्या १७०० नाघेको छ ।
लामो समय विश्वलाई आतंकित बनाएको कोभिड–१९(कोरोना भाइरस) बारे चर्चा हुन छाडेको पनि निकै भइसकेको छ । गत वर्ष नै विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को विश्वव्यापी महामारी अन्त्य भएको घोषणा गरिसकेको छ । यसैबीच हाम्रो छिमेकी देश भारतमा यो भाइरस फेरि फैलिन थालेको छ ।
केरलामै कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । यसलाई जेएन.१ नाम दिइएको छ । केरला राज्यकी एक ७९ वर्षीया महिलाको नमूनामा उक्त नयाँ भेरियन्ट फेला परेको भारतको केन्द्रीय मन्त्रालयले जानकारी दिएको छ ।

भारतीय मिडियामा प्रकाशित खबरअनुसार केरलाको त्रिभुवनपुरम निवासी ती महिलालाई एन्फ्लुएन्जाको जस्तो लक्षण देखिएको थियो । आरटी–पीसीआर गरेर हेर्दा १८ नोभेम्बरमा किोभिड–१९ पुष्टि भएको थियो । यिनै महिलाको नमूना परीक्षण गर्दा नयाँ भेरियन्ट पत्ता लागेको हो । ती महिलालाई सामान्य समस्या देखिएर निको भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *