Sakushal

21st June 2024

सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज

सकुसल स्वास्थ्य पत्रिका काठमाडौं, ३२ जेष्ठ ।  काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने भएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन शाहले यस्तो घोषणा गरेका हुन् । साथै, जंक फुड प्रयोगलाई समेत निरुत्साहित गरिने उनले बताए । महानगर क्षेत्र भित्रिने खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने उनले बताए । महानगरभित्रका स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचनाप्रविधिमा आधारित बनाइने समेत उनले बताए । बहुआयामिक शहरी गरिबी निवारणका लागि लक्षित कार्यक्रम ल्याइने समेत उनको भनाइ छ ।

Read Moreसार्वजनिक स्थानमा धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज

“एकिकृत स्वास्थ्य सेवा ऐन” सम्वन्धी अन्र्तक्रिया सम्पन्न

सकुशल समाचार २०८० फागुन १९ गते । सरकारले संघीय निजामती ऐन ल्याउने तयारी गरी रहदाँ स्वास्थ्य क्षेत्रमा एकिकृत स्वास्थ्य सेवा ऐन सम्वन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको केन्द्रीय अध्यक्ष लिलाराम थापाको अध्यक्षतामा भएकोे अन्र्तक्रियामा स्वास्थ्य क्षेत्रको क्रियाशिल टे«ड युनियनहरु र पेशागत संघ÷संगठनहरु नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम, प्रगतिशिल स्वास्थ्यकर्मी महासंघ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन , नेपाल निजामती कर्मचारी युनियन, मेडिकल ल्याबोटरी एसोशसएसि, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल डेन्टल साईन्स हाइर्जेेनिस्ट एसोशसएसि, नेपाल फिजियोथेरापी संघ, हेल्थ असिस्टेन्ट संघ नेपाल, नेपाल अप्थालमिक असिस्टेन्ट सोसाईटी,नेपाल फार्मेसी संघ, नेपाल सि.एम.ए संघ,योग तथा प्राकृतिक चिकित्सक संघ,नेपाल रेडियोलोज्किल सोसाईटी, नेपाल डेन्टल एसोसिएसन, नेपाल, नेपाल आयुवेद चिकित्सक संघ, नेपाल फमस्यिुटिल एसोसिएसन, नेपाल होमियोप्याथिक एसोसिएसन,नेपाल दृस्टी बिशषेज्ञ संघ, नेपाल नेत्र सहायक परिवार, नेपाल जन स्वास्थ्य संघका अध्यक्ष तथा प्रतिनीधिहरुको उपस्थित रहेको थियो । संविधान जारी भएको ८ वर्षसम्म पनि स्वास्थ्य सेवा ऐन जारी नहुनु विडम्वना रहेको भन्दै सवै क्षेत्रलाई समेटेर चाडो ऐन जारी गनुपर्ने धारणा डा गुणनीधि शर्मा राख्नु भएको थियो । अन्र्तक्रिया कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्जवल कुमार शर्माले एकिकृत स्वास्थ्य सेवा ऐन तत्काल जारी सरकारले गनुपर्ने बताउनु भयो । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ अध्यक्ष डा.झलक शर्मा गौतमले स्वास्थ्य सेवा विष्टिकृत र सम्वेदनशिल क्षेत्र भएको…

Read More“एकिकृत स्वास्थ्य सेवा ऐन” सम्वन्धी अन्र्तक्रिया सम्पन्न

प्रधानमन्त्रीको एक वर्षे कार्यकालः स्वास्थ्यमा जोड दिएका सात विषय

सकुशल स्वास्थ्य समाचार २०८० पुस १० गते, । काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा भएका कामहरुको विवरण र अबको प्राथमिकताका विषय सार्वजनिक गरेका छन्। उक्त सम्बोधनमा प्रधानमन्त्री दाहालले स्वास्थ्यका मुख्य ७ वटा विषयलाई जोड दिएका छन्। उनले चिकित्सा शिक्षा, सरकारी अस्पतालको सेवा, स्वास्थ्य बीमा, प्रयोगशाला लगायतका विषयमा जोड दिएको घोषणा गरेका छन्। यस्ता छन् प्रधानमन्त्रीको सम्बोधनमा स्वास्थ्यका ७ वटा विषय १. चिकित्सा शिक्षालाई सस्तो र आम जनताको पहुँचमा पु¥याउन तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारी अस्पतालहरूमा नर्सिङ, प्यारामेडिक्स लगायतका शैक्षिक कार्यक्रम सञ्चासलनको गृहकार्य भइसकेको छ। २. सहीद धर्मभक्त राष्ट्रि य मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई ५ सय शय्याको अत्याधुनिक अस्पतालका रूपमा विकास गर्न सरकारले प्रक्रिया अघि बढाइसकेको छ। ३. प्रादेशिक प्रयोगशालासँगै सरकारी अस्पतालका प्रयोगशालाहरूको शुल्कमा एकरूपता कायम गरिँदैछ। ४. ज्येष्ठि नागरिकका लागि विशेष स्वास्थ्य सेवा सुनिश्चिरत गर्न ९४ अस्पतालमा जेरियाट्रिक वार्ड स्थापना गरिएका छन्। ५. २०७४ सालमा म प्रधानमन्त्री हुँदा राष्ट्रि य स्वास्थ्य बिमा ऐन ल्याइएको हो, तर बिमा कार्यक्रम त्यसको भावना र व्यवस्थाअनुसार अघि बढेन। अब यसलाई सुधार्दै मेरै कार्यकालमा बनेको ऐन बमोजिम नागरिकको स्वास्थ्यमा पहुँचको संवैधानिक हकको ग्यारेन्टी गर्ने काम उच्च प्राथमिकतामा हुनेछ। स्वास्थ्य बिमा ऐन बमोजिम बिमाको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत र प्रक्रियागत सुधार, बोर्डको क्षमता…

Read Moreप्रधानमन्त्रीको एक वर्षे कार्यकालः स्वास्थ्यमा जोड दिएका सात विषय

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो

सकुशल स्वास्थ्य समाचार  २०८० पुस ८ गते, । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ५० लाख नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५२ नयाँ सङ्क्रमित थपिएका छन् । ३२५ जना निको भएका छन् भने ४ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । देशमा सक्रिय केसको सङ्ख्या ३ हजार ४२० छ । एक दिन अघि यो सङ्ख्या २ हजार ९ सय ९८ थियो । स्वास्थ्य मन्त्रालयका अनुसार केरला राज्यहरूमा सबैभन्दा बढी ५६५ मामिलाहरू छन् । त्यहाँ थप २ जनाको मृत्यु भएको छ । २६६ जनाको उपचार भइरहेको छ । सक्रिय केसहरूको सन्दर्भमा, कर्नाटक ७० केसहरूसँग केरला पछि दोस्रो छ। कर्नाटक र राजस्थानमा १–१ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार पछिल्लो एक महिनामा विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले बढेको छ । नोभेम्बर १९ देखि डिसेम्बर १७ सम्म ८ लाख ५० हजार सङ्क्रमित र ३ हजारको मृत्यु भएको छ । तर, यो एक महिनामा मृत्युदर ८ प्रतिशतले घटेको छ । यसको मतलब गत महिना कोरोनाका कारण ८ प्रतिशत बढी मानिसको मृत्यु भएको थियो । (एजेन्सी)

Read Moreभारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो

स्वास्थ्यकर्मीमाथी सामाजिक विभेद र यौन दुर्व्यवार प्रयास

सकुशल स्वास्थ्य समाचार २०८० पुस ५ गते, मुगु ।मुगु जिल्लाको सोरु गाउँपालिका ९ स्थित खनाया स्वास्थ्य चौकीमा कार्यरत अ.न.मी. पदमा कार्यरत तुलसी कुमारी विश्वकर्मालाई दलित भएको भन्दै डेराबाट निकालेको छ । जसका कारण गाउँनै छोड्नु अवस्था आएका छ । गत माघमा स्वास्थ्य चौकीमा हाजिर भएकी उनी स्वास्थ्य चौकी इन्चार्ज सुरजकुमार शाहीको घरमा डेरा लिएर बसेका थिए । खनायाका स्थानीयलाई आफ्नो क्षमताले भ्याएसम्म सेवा गरेकी तुलसीले ११ महिना पछि भनेस्वास्थ्यचौकीमा पोस्टिङ भएपछि डेरा दिएका स्वास्थ्यकर्मी सुरजको परिवारले नै दलित भएको भन्दै डेराबाट निकालेको तुलसी बताउँछिन् । उनका अनुसार सुरजका परिवारले बसेको ११ महिनापछि तुलसी दलित भएको थाहा भएको भन्दै घर छोड्न दबाब दिए । ’घरबेटीले कोठा छोड्न भनेपछि अन्य घरमा कोठा मागे तर दलित भएको भन्दै कसैले पनि कोठा दिन मानेनन्’, तुलसी भन्छिन् । तुलसीले खनायामा जातीय विभेद मात्रै होइन गाउँपालिकाका शिक्षा शाखा प्रमुखले समेत दुर्व्यवहार गरेको खुलाइन् । मंगलबार जिल्ला प्रशासन कार्यालय मुगुमा प्रमुख जिल्ला अधिकारी सहित सरोकारवालासँग तुलसीले दुख बिसाउँदै भनिन्, ’शिक्षा शाखा प्रमुख बिरेन्द्र बहादुर मल्लले राति राति फोन गर्दै कहाँ भेट्न आउँछु भन्थे’। ’मल्लले मात्रै होइन गाउँ का अन्य युवाहरूले समेत बिरामी बहाना गराएर मध्यरातमा फोन गर्ने, रक्सी खाएर यौन प्रस्ताव गर्दै मानसिक तनाव दिए’, तुलसीले गुनासो गरिन् । साथै केही समय अघि स्वास्थ्य चौकीकै सहकर्मीको जन्मदिनमा मदिरा मिसाएको कोका खुवाएर आफ्नो भिडियो…

Read Moreस्वास्थ्यकर्मीमाथी सामाजिक विभेद र यौन दुर्व्यवार प्रयास